मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक ग्राहकलाई थप सेवा दिन काठमाण्डौको बसुन्धरामा रहेको चिरायु नेसनल अस्पताल एन्ड मेडिकल संस्थानसँग विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ।
यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकले चिरायु नेसनल अस्पतालमा विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म विशेष छुट पाउन सक्नेछन्। यस सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने र स्वास्थ्य उपचारमा पहुँच पुग्ने विश्वास बैंकले लिएको छ।
यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न मुक्तिनाथ विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकका एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।
Artha Sanjal







