साताको पहिलो कारोबार दिन मंगलबार सेयर बजार उकालो लागेको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ३२.७२ अंकले बढेर २१८२.११ बिन्दुमा पुगेको छ ।
त्यस्तै ठूला तथा बलिया कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४.८१ प्रतिशतले बढेर ४१६.०६ अंकमा उक्लिएको छ ।
कारोबार अवधिभर २५० कम्पनीको १ करोड १८ लाख ८३ हजार २८७ कित्ता सेयर किनबेच भयो । उक्त सेयरहरु ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार ५८७ रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज बैंकिङ समूहबाहेक अन्य सबै सूचकमा हरियाली छाएको छ । यस दिन हाइड्रोपावर समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ ।
आज कारोबार भएकामध्ये १६९ कम्पनीको सेयर मूल्य बढेको छ भने ३० कम्पनीको सेयर मूल्य घटेको छ ।
यस दिन ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मंगलबार ग्रीन भेन्चर्स, आदर्श लघुवित्त पिपुल्स हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेको हो । बलेफी हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरको सेयर मूल्य पनि सकारात्मक सर्किट लेभलमा पुगेको छ ।
कारोबार रकमको आधारमा यस दिन अपि पावर कम्पनी अब्बल देखिएको छ । कम्पनीको २३ करोड २६ लाख ८ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।







