सगरमाथा इन्स्योरेन्सको लाभांश संशोधन

सगरमाथा इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशनपछी लाभांश संशोधन गरेको हो ।

प्राधिकरणको निर्देशनबमोजिम कम्पनी सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांशमा संशोधन गर्दै बोनस सेयर १२.४ प्रतिशत र कर प्रयोजनार्थ ०.६५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

यसअघि कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी कुल १३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । जसमा १२.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६५७९ प्रतिशत नगद लाभांश थिए ।

प्रस्तावित लाभांश अब कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुले पाउनेछन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *