सिटिजन्स बैंकको थप दुइ शाखा मधेश प्रदेशमा

विगत डेढ दशकदेखि अनवरत रुपले सर्वसुलभ र सुरक्षित बैंकिङ सेवा पुर्याउँदै आएको सिटिजन्स बैक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १८१ औँ तथा १८२औँ शाखा मधेश प्रदेशअन्तर्गत सर्लाहीको बरहथवामा र वीरगन्जको कृष्ण प्रणामी चोक गरी थप २ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ । यससँगै मधेश प्रदेशको सबै जिल्लामा यस बैंकको उपस्थिति पुगेर जम्मा २९ वटा शाखाहरु सञ्चालनमा रहेका छन्।

सुविधा सम्पन्न यी शाखाहरुमार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ। सुविधाजनक बचत खाता योजना, मुद्दति निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रुपमा ग्राहकलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८२ वटा शाखा, १३५ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १५ लाख २१ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *