लगातार बढिरहेको सुनको मूल्यमा गिरावट

लगातार बढिरहेको सुनको मूल्य शुक्रबार भने ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो । योसँगै छापावाला सुन प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँ र तेजाबी १ लाख १ हजार ८०० रुपैयाँ कायम भएको छ।

हिजो सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ३ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ३८५ रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *