आँधिखोला लघुवित्तले डाक्यो साधारणसभा

आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैटौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

संस्थाको सञ्चालक समितिको बिहीबार (पुस २१ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो माघ १३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा स्याङ्जाको वालिङ–८ वालिङस्थि होटेल गाउँबेसीको सभाहलमा बिहान ११ः३० बजेबाट हुनेछ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई संस्था सेयरपुँजीको ११ करोड ९० लाख रुपैयाँको कुल ३१।५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। प्रस्तावित लभांशमा ३० प्रतिशतले हुन आउने ३ करोड ५७ लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.५८ प्रतिशतले हुन आउने १८ लाख ७८ हजार ९४७.३७ रुपैयाँबराबरको नगद लाभांश छन्।

सभाले बोनस सेयर वितरणपछि जारी पुँजी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले माघ ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ २ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *