बैंकिङ कसुर मुद्दामा ९९ जनाविरुद्ध मुद्दा, ३० दिनभित्र हाजिर हुन उच्च अदालत आदेश

बैंकिङ कसुर मुद्दामा ९९ जनालाई ३० दिनभित्र बयानका लागि उपस्थित हुन उच्च अदालत पाटनले आदेश दिएको छ । अदालतले पुस ४ गतेको मितिदेखि ३० दिनभित्र बयानका लागि अदालतमा हाजिर हुन आदेश दिएको हो ।

अदालतको आदेशअनुसार बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा २३ बमोजिम पहिलो पटक उनीहरु को नाममा तीन दिने सूचना प्रकाशन भएको हो ।

बयानका लागि बोलाइएको म्यादभित्र हाजिर नभई गुजारी बसेमा कानुन बमोजिम हुने अदालतले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *