बैंकिङ कसुर मुद्दामा ९९ जनालाई ३० दिनभित्र बयानका लागि उपस्थित हुन उच्च अदालत पाटनले आदेश दिएको छ । अदालतले पुस ४ गतेको मितिदेखि ३० दिनभित्र बयानका लागि अदालतमा हाजिर हुन आदेश दिएको हो ।
अदालतको आदेशअनुसार बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा २३ बमोजिम पहिलो पटक उनीहरु को नाममा तीन दिने सूचना प्रकाशन भएको हो ।
बयानका लागि बोलाइएको म्यादभित्र हाजिर नभई गुजारी बसेमा कानुन बमोजिम हुने अदालतले जनाएको छ ।


Artha Sanjal






