सुनचाँदीको मूल्यमा सामान्य गिरावट

साताको दोस्रो दिन सोमबार सुनको  मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो। आज छापावाला सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ८०० रुपैयाँ कायम भएको छ।

हिजो  सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले बढेको थियो। आइतबार छापावाला सुन प्रतितोला  ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार २६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५० रुपैयाँ बढेर चाँदी १ हजार २७५ रुपैयाँमा किनबेच भएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *