अजोड इन्स्योरेन्सले डाक्यो विशेष साधारणसभा, यस्ता छन् प्रस्ताव

अजोड इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा डोकेको छ।

कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले विशेष साधारणसभा आउँदो मंसिर ९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लैनचौर बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले नियमनकारी निकायको निर्देशन तथा समयानुकूल पुँजी वृद्धिको आवश्यकतालाई दृष्टिगत गरी अन्य कुनै निर्जीवन बीमा कम्पनीसँग एक–आपसमा गाभ्न, गाभिन तथा प्राप्ति गर्ने प्रयोजनका लागि उपयुक्त निर्जीवन बीमा कम्पनीको पहिचान तथा छनोट गर्ने एवं सञ्चालक समितिसमक्ष सोको जानकारी तथा सिफारिस गर्ने कार्यका लागि मर्जर अध्ययन कमिटी गठन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

एक–आपसमा गाभ्न, गाभिन तथा प्राप्ति गर्न प्रयोजनका लागि कम्पनीको सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्न परामर्शदाता, मूल्यानकर्ता तथा लेखापरीक्षकहरु नियुक्त गर्ने सिलसिलामा कम्पनीको सम्पत्ति तथा दायित्वको मूल्याइन कार्य (डीडीए) गर्न, आवश्यकताअनुसार बीमादीय मूल्याकनका लागि परामर्शदाता, मूल्यांकनकर्तालगायत कानुनी परामर्शदाता र अन्य विज्ञ नियुक्त गर्ने, निजहरुको पारिश्रमिक तोक्न तथा कम्पनी एक–आपसमा गान÷गाभिनसँग सम्बन्धित प्रचलित नियम, कानुन तथा निर्देशनहरुबमोजिम अपनाउनुपर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य एवं प्रक्रियाहरु पूरा गरी अख्तियार प्राप्त निकायबाट स्वीकृति लिने तथा सो सन्दर्भमा नियामक निकायले निर्देशन गरेबमोजिम विवरणहरु उपलब्ध गराउनेलगायतका कम्पनी गाभ्न–गाभिनेसम्बन्धी अन्यः आवश्यक कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

कम्पनीमा संस्थापक समूह तथा सर्वसाधारण समूहको सेयर स्वामित्व संरचना क्रमशः ७०ः३० को अनुपातमा रहेकोमा संस्थापक समूहको १५ प्रतिशत सेयर सर्वसाधारण शेयरमा परिवर्तन गरी कम्पनीको सेयर स्वामित्व संरचना ५१.४९ प्रतिशतको अनुपात कायम गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। विशेष प्रस्तावहरुका सम्बन्धमा सम्बन्धित निकायबाट कुनै संशोधन वा फेरबदल वा परिमार्जन वा थपघट गर्न निर्देशन वा सुझाव दिएमा सोह बमोजिम गर्न गराउन तथा अभिलेख गर्दा गराउँदा केही हेरफेर गर्न संशोधनसम्बन्धी कागजात प्रमाणीत गर्न दाखिल खारेज गर्न र सम्बन्धित निकायबाट अभिलेख गराई लिनसमेत सञ्चालक समितिलाई अख्तियार दिने प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभा प्रयोजनका लागि कम्पनीले आउँदो मंसिर २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको सभा भाग लिन योग्य हुनेछन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *