एशियन लाइफले व्यतित बीमालेखमा ५० प्रतिशत ब्याज छुट दिने

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छुट गरेको छ । कम्पनीले सोमबार एक सूचना जारी गर्दै ब्याज छुट को व्यवस्था गरेको जानकारी दिएको हो ।

कम्पनीले जारी गरेको सूचनामा भनिएको छ, ‘यस कमपनीबाट जारी गरिएको नियमितरुपमा बीमाशुल्क भुक्तानी नगरेको कारण मिति २०७७ साल कात्तिक २० गतेदेखि व्यतित भएका बीमालेखहरु मिति २०७९ कात्तिक २१ गतेदेखि २०७९ मंसिर २१ गतेभित्र पूनर्जागरण गराउने बीमितहरुलाई लाग्ने बिलम्ब शुल्क (ब्याज)मा ५० प्रतिशत छुट प्रदान गरिनेछ ।’

ब्याज छुटसम्बन्धी कम्पनीले केहि शर्त समेत राखेको छ । जसमा यहि कात्तिक २० गतेसम्ममा नवीकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघि पूर्ण व्यतित भएका बीमालेखहरुलाई मात्र ब्याज छुट प्रदान गरिनेछ ।

त्यस्तै, यहि २०८० साल कात्तिक २० गतेभन्दा अगाडी परिपक्व हुने बीमालेखहरुमा ब्याज छुट प्रदान नगरिने कम्पनीको भनाई छ । यसका साथै जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ जारी भए पश्चात (मिति २०७८/०३/२३ पश्चात) एक पटक ब्याज छुट लिइसकेका बीमितहरुलाई पुनः ब्याज छुट प्रदान नगरिने कम्पनीले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *