जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि बम्पर लाभांश घोषणा गरेको छ।
संस्थाको सञ्चालक समितिको शनिबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल ७६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसमा ७३ प्रतिशत बोनस सेयर र ३.८४२१ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) छन् ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।
Artha Sanjal






