साताको पहिलो दिन (आइतबार) सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकैदिन तोलामा १ हजार ४०० रुपैयाँले बढेको हो। आज छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९४ हजार रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेर १ हजार २७५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार पनि तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो।
Artha Sanjal






