छिमेक लघुवित्तको खुद नाफा ५४ प्रतिशतले वृद्धि

छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेड को नाफामा ५४ प्रतिशतले वृद्धि भएको छ । संस्थाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासको वित्तिय विवरण अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासमा भन्दा झन्डै ५४ प्रतिशत बढीले नाफा बढेको हो ।

विवरण अनुसार कम्पनीले यस त्रैमासमा रु. ३२.९१ करोड खुद नाफा आर्जन गरेको छ । खुद नाफा अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा ५३.७१ प्रतिशतले बढि रहेको छ । खुद नाफा बढेसँगै कम्पनीको प्रति शेयर आम्दानी पनि रु. ४६.८० बाट बढेर रु. ५६.६४ कायम हुन आएको छ ।

व्याज आम्दानीमा २७.८४ प्रतिशतको वृद्धि, खुद व्याज आम्दानीमा ३८.६१ प्रतिशतको वृद्धि, संचालन नाफामा वृद्धि तथा संभावित नोक्सानी व्यवस्थामा आएको कमीले गर्दा कम्पनीको खुद नाफामा उलेख्य प्रगति देखिएको हो ।

रु. २.३२ अर्ब चुक्ता पूंजी रहेको लघुवित्तको जगेडा तथा कोष २०.४१ प्रतिशतले वृद्धि भएर रु. ३.९५ अर्ब पुगेको छ। हाल जगेडा तथा कोष र चुक्ता पूंजीको अनुपात १७०.३० प्रतिशत रहेको छ। यस्तै, लघुवित्तको कुल शेयरधनीकोष पनि वृद्धि भएर रु. ६.२८ अर्ब कायम भएको छ। कम्पनीको प्रति शेयर किताबी मुल्य रु. २७०.३० कायम हुन आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *