सार्वजनिक सम्पत्तिमा ‘जगदम्बा सिमेन्ट’को रजाइँ, खोला हडपेर बडेमानका संरचना निर्माण [भाग-२]

काठमाडौं । जगदम्बा सिमेन्ट उद्योगले सार्वजनिक सम्पत्ति हडपेर रजाइँ गरिरहेको पाइएको छ । उद्योगले वीरगंज महानरपालिका ३२ मा पर्ने कियासोत खोला हडपेर विभिन्न संरचना बनाएको पाइएको हो । कुनै समय पर्साको सयौं विघा जमिनमा सिँचाइ गर्ने पानीको मुख्य स्रोत रहेका कियासोत खोला हडपनेमा जगदम्बा सिमेन्टसँगै कंक्रिट उद्योग त्रिवेणी र शिवशक्ती उद्योग हुन् ।

अहिले यी उद्योगले खोलालाई कब्जा गरेर नालामा परिणत गरेका छन् भने त्यसमामाथि बडेमानका संरचना ठड्याएका छन् । जसमा जगदम्बा सिमेन्ट उद्योगले सबैभन्दा धेरै खोला किनाराका जग्गा हडपेको पाइएको छ । जगदम्बा सिमेन्टले १८४ कट्ठा सार्वजनिक जग्गामा कम्पाउन्ड वाल नै लगाएर संरचना बनाएको छ ।

जगदम्बा सिमेन्ट उद्योगले मात्रै तत्कालनीन चोर्नी गाविसको वडा नम्बर ७ को कित्ता नम्बर ३५ को सात कट्ठा, ५९ को ५१ कट्ठा, ११६ को एक बिघा १३ कट्ठा, १२१ को १ बिघा २ कट्ठा, १२२ को १ बिघा ३ कट्ठा र १४८ को अढाई कट्ठा जग्गामा बाउन्ड्रिवाल सहितको संरचना बनाएको छ । जगदम्बा सिमेन्टले २०७४ सालमा पूर्व पट्टिको पूरै नदी अतिक्रमण गरेर कम्पाउन्ड वालसँगै नयाँ प्लान्ट पनि राखेको छ ।

यसैगरी शिवशक्ति केमो प्लास्ट उद्योगले खोलामा पाइप हालेर त्यसमाथि प्लान्ट बनाएको छ भने त्रिवेणी स्पिनिङले साढे एक बिघा खोलाको क्षेत्र हडपेर पर्खाल बनाएको छ । खोला किनाराको १० विघा भन्दा बढी सार्वजनिक बगर उद्योगीहरुले निजी सम्पत्तिका रुपमा उपभोग गरिरहेका छन् ।

स्थानीयले आवाज उठाउँछन्, तर सुनुवाइ हुँदैन

सार्वजनिक सम्पत्ति हडपिएपछि त्यसविरुद्ध स्थानीयले आवाज पनि उठाएका थिए । उनीहरुले २०७४ चैत ६ गते जिल्ला प्रशासन कार्यालय पर्सामा तत्कालीन प्रमुख जिल्ला अधिकारी (प्रजिअ) केशवराज घिमिरेलाई निवेदन दिएका थिए । तर अहिलेसम्म आधा दर्जन प्रजिअ फेरिए पनि यसबारे ठोस कदम चालिएको छैन ।

खोलालाई उद्योगले आफ्नो पेवा बनाए पनि स्थानीय प्रशासन तथा सम्बन्धित निकाय भने मौन देखिएका छन् । यसबारे स्थानीयले पटक–पटक आवाज उठाए पनि पहुँचवाला उद्योगीका अघि सम्बिन्धित निकाय तथा अधिकारी मुकदर्शक बनेका छन् ।

२०७४ देखि प्रहरी, प्रशासन, महानगरसम्म पटक पटक उजुरी दिए पनि पहुँचवाला उद्योगीहरुको दबाबमा मुद्दा अघि बढाउने आँट कसैले नगरेको स्थानीयको ठहर छ ।

यो पनी पढ्नुहोस्

पहुँच र पैसाको आडमा सर्वोत्तम स्टीलको रजाइँ, उद्योगमा कार्यरत मजदुर मृत्युको घटना सामसुमदेखि अवैध कारोबारसम्म

जगदम्बा स्टीलको दादागिरी : सडकमै अव्यवस्थित पार्किङ, ट्राफिक प्रहरी मुकदर्शक [भाग-१]

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *