अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बिहीबार फेरि बढेको छ । लगातार घटिरहेको कच्चा तेलको मूल्य आज प्रारम्भिक कारोबारमा बढेको हो । विश्वकै ठूलो अर्थतन्त्रमा तेलको आपूर्तिमा आउन सक्ने अवरोध र रेलवे सेवा बन्द हुने डरबीच कच्चा तेलको मूल्य बढेको विश्लेषकहरु जनाएका छन्।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार प्रारम्भिक कारोबारमा ब्रेन्ट कच्चा तेल ३८ सेन्ट बढेर प्रतिब्यारेल ९४.४८ डलर पुगेको छ । अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) ४६ सेन्टले बढेर ८८.९४ डलर प्रतिब्यारेल पुगेको छ।
अमेरिकामा रेल मजदुरहरुको युनियनले आफ्ना माग पूरा गर्न हड्ताल गर्न सक्ने जनाएकाको छ। जसका कारण अमेरिकामा कच्चा तेलको आपूर्तिमा बाधा पुग्ने सम्भावना छ । यही कारणले तेलको मूल्य बढेको विश्लेषकहरु जनाउँछन् । –एजेन्सी
Artha Sanjal






