एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकको नाफामा ३६.५३ प्रतिशत वृद्धि भएको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब ७० करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको हो । अधिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै बढाएर समग्र तथ्यांकमा ३६.५३ प्रतिशतले नाफामा बढेको छ।
बैंकको खुद ब्याज आम्दानी १५.७५ प्रतिशत, खुद फि तथा कमिसन आम्दानी ३८.०३ प्रतिशत बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी १७.३८ प्रतिशत बढेको छ । बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ १५ पैसा पुगेको छ। प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ १४ पैसा रहेको छ। बैंकको निक्षेप १२.३७ प्रतिशत र कर्जा १६.४१ प्रतिशत बढेको छ भने चुक्ता पूँजी १२. ५० प्रतिशत बढेको छ ।
Artha Sanjal






