सेयर बजारको ओरालो यात्रा कायमै, कारोबार रकममा सामान्य सुधार

साताको दोस्रो दिन मंगलबार पनि शेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ४५.५९ अंकले घटेर २ हजार २०.२३ बिन्दुमा झरेको हो । बजारमा आज एक अर्ब ३१ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोमबार नेप्सेमा एक अर्ब २६ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावर कम्पनी रहेका छन् । उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० % ले बढेर प्रतिकित्ता २१२६ रुपैयाँ पुगेको छ । भने बलेफी हाइड्रोपावर कम्पनीको शेयरमुल्य ९.९८ % ले बढेर २०३.९० रुपैयाँ पुगेको छ ।

आज हिमालयन बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज यस बैंकको शेयरमूल्य ९% भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार एनआएसी एशिया बैंकको भएको छ । यस बैंकको आज ६ करोड ११ लाख भन्दा बढीको कारोबार भएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *