रञ्जन कोइराला कति बस्छन् अब जेल ?

सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलका तत्कालीन डीआईजी रञ्जन कोइराला पक्राउ परेका छन् । सर्वोच्च अदालतले यसअघिको फैसला उल्ट्याएको भोलिपल्टै उनी पक्राउ परेका हुन् ।

उनलाई काठमाडौंको नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

बिहीबार मात्रै सर्वोच्च अदालतले यसअघिको फैसला उल्ट्याउँदै जन्मकैदको यसअघिको पुनरावेदनको फैसलालाई सदर गरेको थियो ।

कोइरालालाई कर्तव्य ज्यान मुद्दामा कैद सजायमा सर्वोच्च अदालतले नै अघिल्लो वर्ष छुट दिएको थियो ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको इजलासले कोइरालाले गरेको हत्यालाई भवितब्य भन्दै सजाय घटाएको थियो ।

फैसलामा लेखिएको विषयको चौतर्फी आलोचना भएको थियो ।

कोइरालाले काठमाडौंकी गीता ढकालसँग २०५० सालमा विहे गरेका थिए । उनीहरुबीचको विवादले २०५८ सालदेखि छुट्टाछुट्टै बसेका थिए ।

सम्बन्ध विच्छेद र अंश मुद्दा चलिरहेका बेला चीनमा रहेका कोइराला नेपाल आएर गीताको हत्या गरेका थिए ।

उनले २०६८ सालमा पत्नी गीताको हत्या गरेका थिए । गीताको शव प्लाष्टिकमा बेरेर मकवानपुरको टिष्टुङ पु¥याइ आगो लगाएर फर्किएको बेलामा नागढुंगाबाट पक्राउ परेका थिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *