टुँडिखेलमा मेयर बालेनको र्‍याप: गरेर अब देखाउ, कालो अतित मेटाउ

टुँडिखेलमा मेयर बालेन्द्रको र्‍यापयापर बालेन अब मेयर बालेन्द्र साह भएका छन् ।

अबको पाँच वर्षमा के गर्लान् भन्न सकिँदैन । तर, मेयर बनेको पहिलो दिनमै उनले र्‍याप गाएर आफ्ना फ्यानहरुको तिर्खा मेटाइदिए । विजय जुलुसपछि टुँडिखेलमा आयोजित सभामा उनले र्‍याप गाएका थिए, जसको बोल यस्तो छ ।

गरेर अब देखाउ, कालो अतितलाई मेटाउ
देश एउटा सुन्दर बगैंचा होस् । रंगिचंगी फूल हुन् ।
अनुकूल प्रतिकूलहरु चुक्ता गर्ने भावना होस्
सामूहिक खुसीविनाको फाइदा त्यो चाहनाको
पछि त के त्यो कामनाको एउटा हाँसो फुट्नलाई
उद्देश्य यो एक हो हरेक दल जुट्नलाई
गरेर अब देखाउ, कालो अतितलाई मेटाउ
पालो हाम्रो हो भेटाउ
कल्पना गर शान्तिको
सपना देख्ने त्यो पूरा हुन्छ
जागृति नै क्रान्ति हो

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *