दुई कम्पनीले पाए आईपीओ निष्काशनका लागि अनुमति

नेपाल धितोपत्र बोर्डबाट दुई कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति पाएका छन् । आदर्श लघुवित्त वित्तीय संस्था र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएका हुन् ।

आदर्श लघुवित्तले ६७ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । त्यसैगरी राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले २९ लाख ४१ हजार ४१० कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ ।

कम्पनीले पहिलो चरणमा स्थानीयय बासिन्दाको लागि आईपीओ निष्कासन गर्नेछ । त्यसपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *