काठमाडौं महानगर अपडेट : सुनिता २६ हजार ८८७ मतले अघि

काठमाडौं महानगरपालिकाकाे उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलको अग्रता कायमै छ । उनले २६ हजार आठ सय ८७ मतको अग्रता लिइरहेकी छन् ।

अहिलेसम्म भएको गणनाअनुसार डंगोलले ४० हजार पाँच सय २४ मत प्राप्त गरेकी छन् । गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १३ हजार ६ सय ३७ मत प्राप्त गरेर दोस्रो स्थानमा छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिनिता मगैयाले आठ हजार चार सय एक मत प्रप्त गरेकी छन् ।
Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *