आज सातै प्रदेशले बजेट ल्याउँदै, पूर्वाधार निर्माण प्राथमिकतामा

काठमाडौं। सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सार्वजनिक गर्दै छन्।

संवैधानिक व्यवस्था अनुसार असार १ गतेभित्र बजेट ल्याउनुपर्ने प्रावधानअनुसार सम्बन्धित प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरूले प्रदेश सभामा आयव्ययको विवरण प्रस्तुत गर्नेछन्।

संघीय सरकारले जेठ १५ गते बजेट सार्वजनिक गरेपछि त्यसकै आधारमा प्रदेशहरूले आफ्नो बजेट तयार गरेका हुन्।

नीति तथा कार्यक्रम पारित भइसकेपछि बजेट प्रस्तुत गर्ने तयारी पूरा भएको छ।

कार्यतालिका अनुसार मधेश प्रदेशले दिउँसो १ बजे, कर्णालीले ३ बजे, कोशी, बागमती र गण्डकीले ४ बजे तथा लुम्बिनी र सुदूरपश्चिमले साँझ ५ बजे बजेट प्रस्तुत गर्नेछन्।

प्रदेश सरकारहरूले सुशासन, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरेका छन्।

यद्यपि चालु आर्थिक वर्षमा अधिकांश प्रदेशको बजेट कार्यान्वयन तथा खर्चको अवस्था सन्तोषजनक नरहेको देखिएको छ।

स्थानीय तहहरूले भने असार १० गतेभित्र आफ्नो बजेट सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *