आज तीन कम्पनीको शेयर कारोबार रोक्का, कुन/कुन कम्पनी ?

आज मंगलबार नेपाल स्टक एक्सेन्ञ्च (नेप्से)मा  तीन कम्पनीको शेयर कारोबार आजबाट रोक्का हुनेछ । प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफको शेयर कारोबार रोक्का हुनेछ ।  बिहिबार यी कम्पनीले मर्जरको सम्झौता गरेपछि यी तीन कम्पनीको कारोबार रोक्का हुने भएको हो।

बिहिबार एक कार्यक्रममा गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष विवेक दुगड, युनियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष सुलभ अग्रवाल र  प्राईम लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष पियुषराज अर्यालले आपसमा मर्जरमा जाने सम्झौता (एमओयु) मा हस्ताक्षर गरेका थिए ।

एक आपसको मर्जर पछि गाभिएर नयाँ कम्पनी बन्ने सम्झौतामा उल्लेख छ। यो नै  नेपालमा पहिलो पटक जीवन बिमा कम्पनी मर्जरमा जान लागेका हुन्।

हाल प्राइम लाइफको चुक्ता पूँजी २ अर्ब ७७ करोड ९६ लाख १६ हजार रुपैयाँ ,गुराँस लाइफको २ अर्ब ८ करोड ४२ लाख ५० हजार रुपैयाँ र यूनियन लाइफको २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *