वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह पक्राउ

काठमाडौं। पर्सा प्रहरीले वीरगञ्ज महानगरकाा मेयर राजेशमान सिंहलाई ठोरी क्षेत्रबाट पक्राउ गरेको छ।

जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको ८ दिन पछाडि प्रहरीले मेयर सिंहलाई ठोरी क्षेत्रमा बसेको विशेष सूचनाको आधारमा पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख सुदीपराज पाठकले बताए।

पक्राउ पुर्जी जारीपछि मेयर अदालत पुगेर फरार थिए। जेठ १२ मा जिल्ला अदालत पर्साले मेयर सिंहलाई लिखत कसुरमा पक्राउ गर्न उनीविरुद्ध पुर्जी जारी गरेको थियो।

स्थानीय लियाकत अलीको जाहेरी बमोजिम जिल्ला अदालत पर्साले मेयर सिंहसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएका सिंहसँग थप सोधपुछ भइरहेको प्रहरीले बताएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *