काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहको भनाइलाई अपरिपक्क र राष्ट्रहित विपरीत भनेको छ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक निश्कल राईले प्रधानमन्त्री शाहको भनाइ गलत भएको बताए। ‘प्रधानमन्त्रीको भनाइ अपरिपक्व र राष्ट्रिय हित विपरीत छ,’ राईले भने।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जमिन मिचेको’ अभिव्यक्ति दिएका थिए। त्यसबारे प्रधानमन्त्री शाहले जवाफ दिनुपर्ने उनले बताए।
नेपालले मिचेको भारतको भूमिबारे बताउनुपर्ने उनको भनाइ थियो। ‘भारतले हाम्रो जग्गा फिर्ता चाहिन्छ भन्यो भने कुन दिने?,’ राईले भने, ‘हामीलाई हिसाब चाहिन्छ।’
प्रधानमन्त्री शाहले आफ्नो भनाइ फिर्ता लिएर माफी माग्नुपर्ने माग गरेका छन्। माफी नमाग्दासम्म संसद् नचलाउन आग्रह गरेका छन्।






