काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको तथ्य पेश गर्न चुनौती दिए।
उनले भने, ‘चिया पसलको गफ र संसद्को अभिव्यक्ति बीच फरक हुन्छ। सामान्य नागरिकले भनेको कुरा र देशको प्रधानमन्त्रीले भनेको कुराको प्रभाव फरक हुन्छ। प्रधानमन्त्री ज्युले जब कुनै दाबी गर्नुहुन्छ, त्यसलाई देशले सरकारी धारणा ठान्छ। अन्तर्राष्ट्रिय समुदायले नेपालको आधिकारिक दृष्टिकोणको रूपमा लिन्छ। र जनताले त्यसलाई सत्यका रूपमा ग्रहण गर्छन्। त्यसैले प्रधानमन्त्रीका अभिव्यक्तिहरू तथ्य, प्रमाण र यथार्थमा आधारित हुनुपर्छ।’
तथ्याङ्क बिनाको अभिव्यक्ति राजनीतिक भाषण हुनसक्ने भए पनि राज्य सञ्चालन गर्ने आधार बन्न नसक्ने बताए।






