काठमाडौं । सरकारले डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्न वस्तु तथा सेवा खरिदमा मूल्य अभिवृद्धि कर (भ्याट) मा १० प्रतिशत छुट दिने घोषणा गरेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै संघीय संसदको संयुक्त बैठकमा यस्तो व्यवस्था सार्वजनिक गरेका हुन्।
हाल उपभोक्ताले १३ प्रतिशत भ्याट तिर्दै आएकोमा डिजिटल भुक्तानीमार्फत गरिएको खरिदमा १० प्रतिशतसम्म कर छुट हुने व्यवस्था लागू गरिनेछ। सरकारका अनुसार यस नीतिको उद्देश्य नगदरहित अर्थतन्त्र प्रवर्द्धन गर्नु, पारदर्शिता बढाउनु र कर प्रणालीलाई थप व्यवस्थित बनाउनु रहेको छ।
Artha Sanjal






