सर्वोच्चका न्यायाधीश श्रेष्ठलाई बोनम्यारो क्यान्सर, स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं। सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ बोनम्यारो क्यान्सर भएको छ।

बोनम्यारो क्यान्सर पीडित श्रेष्ठको भारतस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा उपचाररत भइरहेको छ । न्यायपालिका अधिकृत समाजले मंगलबार एक सूचना जारी गर्दै न्यायाधीश श्रेष्ठ गम्भीर स्वास्थ्य समस्यासँग संघर्षरत रहेको जानकारी दिएको हो ।

सूचनामा न्याय सम्पादनको क्षेत्रमा उनले पुर्याएको योगदानको स्मरण गराउँदै सहयोगको अपेक्षासहित शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । समाजले जटिल उपचार प्रक्रियालाई मध्यनजर गर्दै न्यायपालिकामा कार्यरत कर्मचारीलाई स्वेच्छिक रूपमा आर्थिक सहयोग गर्न पनि अपिल गरेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *