‘ओभर सस्क्राइब’ भएपछि रिलायबल समृद्धि योजना–२ को इकाईको आवेदन बन्द

काठमाडौं । रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट लिमिटेड द्वारा व्यवस्थापन गरिएको बन्दमुखी योजना ‘रिलायबल समृद्धि योजना–२’ मा मागभन्दा अधिक (ओभर सस्क्राइब) आवेदन परेपछि आजबाट इकाई बिक्री बन्द गरिने भएको छ ।

कोष प्रवर्द्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड तथा योजना व्यवस्थापक एवं डिपोजिटरी रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट लिमिटेड रहेको यस योजनाको सार्वजनिक निष्काशन आज बिहीबार बैंकिङ समयपछि बन्द गरिने कम्पनीले जनाएको छ ।

यस योजनाअन्तर्गत प्रतिइकाई १० रुपैयाँ दरका कुल १० करोड इकाई निष्काशन गरिएको थियो । कुल इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई बीज पूँजीका रूपमा सुरक्षित गरिएको छ । त्यसमध्ये १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका लागि तथा १० लाख इकाई योजना व्यवस्थापक रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट लिमिटेडका लागि छुट्याइएको थियो ।

बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि वैशाख २९ गतेदेखि बिक्री खुला गरिएको थियो । बिक्री अवधिमै लगानीकर्ताबाट अत्यधिक आवेदन परेपछि आज जेठ ८ गतेदेखि आवेदन प्रक्रिया बन्द गरिने कम्पनीले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *