१९ अर्बका बिजुली गाडी आयात हुँदा सरकारलाई साढे १० अर्ब राजस्व

काठमाडौं। विश्वकै ईभी प्रयोगमा नर्वेपछि दोस्रो स्थानमा रहेको नेपालले छिमेकी चीनबाट विद्युतीय गाडी आयात पनि बढाउँदै लगेको देखिएको छ।

चीनसँगको व्यापारिक मार्ग रसुवागढी र तातोपानीबाट नेपालले ईभीसहित खाद्यान्न, लत्ताकपडा, पार्टपुर्जालगायत सामग्री आयात गर्दै आएको छ।

तातोपानी भन्सार कार्यालयले दुई आर्थिक वर्ष २०८१/८२ र २०८२-८३ चैतसम्म चीनको खासा हुँदै तातोपानी नाकाबाट १८ अर्ब ९३ करोड ९३ लाख ५० हजार ८६३ रुपैयाँका विद्युतीय सवारीसाधन भित्रिएको तथ्यांक सार्वजनिक गरेको छ।

दुई आवमा ७४९२ थान ईभी गाडी काठमाडौं भित्रिएको भन्सारको तथ्यांकमा उल्लेख छ।

उक्त संख्याका गाडी ल्याउँदा सरकारलाई १० अर्ब ४५ करोड ६७ लाख ८६ हजार राजस्व प्राप्त भएको भन्सार अधिकृत रमेशबहादुर शाहले जानकारी दिए।

आव २०८२/८३ फागुन मसान्तसम्म १५–२५ सिटे ३४ थान मिनीबस, ४७९ वटा ११ देखि १४ सिटे माइक्रोबस, ३५० वटा ५० किलोवाटमाथिका कार, जिप र भ्यान, ५१ देखि एक सय किलोवाटका ९३४ वटा कार, जिप र भ्यान, १०१ देखि दुई सय किलोवाटका १८० थान कार, जिप, भ्यान, २०१ देखि तीन सय किलोवाटका चार वटा मोटर्सपिक पावर, तीन सय किलोवाटभन्दा माथिका एक थान कार भित्रिएका छन्।

यस्तै, दुई हजार सिसीका तीन वटा गाडी, पाँच टन ट्रक दुई वटा, तीनपांग्रे सवारीसाधन ६ वटा, फोर ह्विलर्स १०४ वटा, पाँच वटा डेलिभरी भ्यान र अन्य एक वटा विद्युतीय सवारीसाधान आयात भएका छन्

२०८१/८२ मा एक थान बसेस विथ वान्ली इलेक्ट्रिक मोटर फर प्रोपल्सन, २५१ वटा १५ देखि २० सिटका मिनीबस, ११ देखि १४ सिटका ८०९ थान माइक्रोबस, ५० किलोवाटका कार जिप, भ्यान ८८८ वटा, ५१ देखि एक सय किलोवाटका सानो कार, जिप, भ्यान ७८१ थान, १०१ देखि दुई किलोवाटका ४८६ थान, २०१ देखि तीन सयसम्म किलोवाटका मोटर्सपिक पावर १२ वटा भित्रिएको भन्सारको तथ्यांकमा उल्लेख छ।

तीन सय किलोवाट माथिका एक थान कार, दुई हजार  सिसीका डबल क्याब पिकअप गाडी १८ थान, २० टनका ट्रक चार वटा, फोर ह्विलर कार ११८ वटा विद्युतीय सवारीसाधन आयात भएको शाहले बताए।​​​​

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *