काठमाडौं। हिमालयन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
विवरणअनुसार कम्पनीको जीवन बीमा कोष १६.७१ प्रतिशतले बढेर ८६ अर्ब ९ करोड ९२ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो कोष ७३ अर्ब ७७ करोड १९ लाख रुपैयाँ थियो।
तर,कम्पनीको खुद नाफा घटेको छ। गत वर्षको सोही अवधिमा ४७ करोड २४ लाख रुपैयाँ रहेको नाफा ४४.६६ प्रतिशतले घटेर २६ करोड १४ लाख रुपैयाँमा सीमित भएको कम्पनीले जनाएको छ।
समीक्षा अवधिमा कम्पनीले १ अर्ब २९ करोड ३६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको १ अर्ब २१ करोड ८३ लाख रुपैयाँको तुलनामा ६.१८ प्रतिशत बढी हो।
कम्पनीको कुल आम्दानी १७ अर्ब ५९ करोड ४७ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च १६ अर्ब ९० करोड २३ लाख रुपैयाँ रहेको छ।
अभिकर्तालाई दिइने कमिसन खर्च ५.७३ प्रतिशतले बढेर १ अर्ब ४ करोड ३० लाख रुपैयाँ पुगेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी ६.८९ रुपैयाँबाट घटेर ३.८१ रुपैयाँमा झरेको छ। प्रतिशेयर नेटवर्थ १००.४५ रुपैयाँ रहेको छ।जगेडा कोष ४१.७४ प्रतिशतले बढेर ९९ करोड ६३ लाख रुपैयाँ पुगेको छ।
समिक्षा अवधिमा महाविपत्ति कोष पनि बढेर ४६ करोड ६६ लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ। कम्पनीको चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ रहेको छ।






