तमिल सुपरस्टार विजय थलपति बने मुख्यमन्त्री

काठमाडौं ।तमिलनाडु का राज्यपाल राजेन्द्र अर्लेकर ले विजय थलपति लाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन्।

टिभीके प्रमुख विजयले सरकार गठनका लागि आवश्यक समर्थन जुटाएपछि राज्यपाललाई भेटेर दाबी पेश गरेका थिए।

उनको सपथग्रहण समारोह आइतबार चेन्नईस्थित नेहरू स्टेडियम मा हुने तय भएको छ। उनले मे १३ भित्र विधानसभामा विश्वासको मत लिनुपर्नेछ।

तमिलनाडु विधानसभा निर्वाचनमा टिभीकेले २ सय ३४ मध्ये १ सय ८ सिट जितेको थियो। विजय दुई क्षेत्रबाट निर्वाचित भएकाले एक सिट छाड्नुपर्नेछ।

त्यसपछि पार्टीको संख्या १ सय ७ मा झर्नेछ भने बहुमतका लागि १ सय १७ सांसदको समर्थन आवश्यक पर्नेछ।

कांग्रेस, भारतीय कम्युनिस्ट पार्टी, मार्क्सवादी कम्युनिस्ट पार्टी, भीसीके र आइयूएमएलले टिभीकेलाई समर्थन गर्ने घोषणा गरेका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *