शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौँ। सर्वोच्च अदालतले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को हिरासतमा रहेका व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश दिएको छ।

न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले सोमबार गोल्छालाई थुनामुक्त गर्ने प्रक्रिया अघि बढाउन परमादेश जारी गरेको हो।

व्यवसायी गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो फैसला सुनाएको हो।

‘कानुनी व्यवस्था अनुसार यी निवेदकसँग प्रत्यर्थी अनुसन्धान अधिकारीले धरौटी वा समानत माग नगरी अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिने दिने कार्य भएको हुँदा निजलाई हिरासतमा राख्ने गरी भएको मिति २०८३ वैशाख ११ र २०८३ वैशाख २१ समेतका आदेश उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ,’ सर्वोच्चले भनेको छ।

अदालतको यो आदेशसँगै अब गोल्छालाई धरौटी वा जमानत बुझाएर हिरासत बाहिरै बसी अनुसन्धानमा सहयोग गर्ने बाटो खुलेको छ। यसअघि उनी सीआईबीको हिरासतमा रहेर अनुसन्धानको घेरामा थिए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *