काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा भर्ना खुलाएको छ। स्वीकृत दरबन्दीभित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स (ब.का.सि., सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, सिकर्मी, सयस र नालबन्दी) पदहरू खुला प्रतियोगितामार्फत पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो।
सम्बन्धित पदका लागि तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले तोकिएको भर्ना छनौट केन्द्रमा स्वयं उपस्थित भई दरखास्त फाराम भर्न सक्नेछन्। साथै नेपाली सेना भर्ना छनौट निर्देशनालयको आधिकारिक पोर्टलमार्फत अनलाइन आवेदन भरी प्रिन्टसहित सम्बन्धित केन्द्रमा उपस्थित भएर दरखास्त बुझाउन सकिने व्यवस्था गरिएको छ।
दरखास्त आज वैशाख १८ गतेदेखि जेठ १६ गतेसम्म बुझाउन सकिनेछ भने दोब्बर दस्तुर तिरी जेठ १७ गतेदेखि जेठ २३ गतेसम्म आवेदन दिन सकिनेछ।
Artha Sanjal







