राष्ट्र बैंकले समायोजन गर्यो आरटीजीएस प्रणाली सञ्चालन समय

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आरटीजीएस प्रणालीको सञ्चालन समय समायोजन गरको छ ।

सरकारले कार्यालय समय परिमार्जित गरेसँगै केन्द्रीय आरटीजीएस प्रणाली सञ्चालन समय समायोजन गरेको हो । अब यो प्रणाली सोमबारदेखि शुक्रबारसम्म बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म तथा कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै प्रत्येक आइतबारको दिन भुक्तानी सेवा सञ्चालकको कारोबारहरुका सेटलमेन्ट गर्ने प्रयोजनका लागि बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म प्रणाली सञ्चालन हुनेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *