काठमाडाैं । सानिमा बैंकका ग्राहकले फिनतारासँग आबद्व मर्चेन्ट स्टोरहरूमा बैंकको क्रेडिट कार्ड प्रयोग गरी १२ महिनासम्म शून्य प्रतिशत ब्याजमा सामान खरिद गर्न पाउने भएको छ ।
बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताका लागि सहज र आकर्षक सुविधा प्रदान गर्ने उद्देश्यले फिनतारा सोलुसन्ससँग सहकार्य गरेको छ । यो सुविधा इलेक्ट्रोनिक्स, मोबाइल सेट, ल्यापटप, फर्निचर, माउन्टेन बाइक, घरेलु उपकरण आदि खरिद गर्दा उपभोग गर्न सकिनेछ ।
यस पहलले उच्च मूल्यका सामग्रीलाई थप सहज र पहुँचयोग्य बनाउँदै, ग्राहकलाई विनाब्याज किस्ताबन्दीमार्फत भुक्तानी गर्ने सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ ।
Artha Sanjal






