लक्ष्मी सनराइज बैंकको नाफा र कर्जा गुणस्तरमा सुधार

काठमाडौं । लक्ष्मी सनराइज बैंक ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफा, व्यवसाय विस्तार र कर्जाको गुणस्तरमा सुधार भएको जनाएको छ ।

बैंकले चैत मसान्तसम्म २ अर्ब ३ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३.३६ प्रतिशतले बढी हो ।

कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइने इम्पेयरमेन्ट चार्ज ३ अर्ब १९ करोड रुपैयाँबाट घटेर ३ अर्ब १ करोडमा सीमित हुँदा नाफा वृद्धि भएको बैंकले जनाएको छ ।

समीक्षा अवधिमा निक्षेप संकलन ३ खर्ब ६७ अर्ब ५ करोड रुपैयाँबाट बढेर ४ खर्ब ३ अर्ब ९५ करोड पुगेको छ ।

कर्जा प्रवाह पनि २ खर्ब ७४ अर्ब ९६ करोड रुपैयाँबाट बढेर ३ खर्ब २ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ ।

सीडी रेसियो ७७.०४ प्रतिशतमा रहेकाले बैंकसँग थप कर्जा विस्तारका लागि पर्याप्त तरलता रहेको देखिएको छ ।

कुल निष्क्रिय कर्जा ५.८६ प्रतिशतबाट घटेर ५.२९ प्रतिशतमा झरेको छ भने खुद निष्क्रिय कर्जा २.०७ प्रतिशतबाट १.३९ प्रतिशतमा आएको छ ।

आधार दर ६.७२ प्रतिशतबाट घटेर ५.२० प्रतिशतमा झरेको बैंकले जनाएको छ ।

प्रतिसेयर आम्दानी ८.०५ रुपैयाँबाट बढेर १०.१५ रुपैयाँ पुगेको छ । इक्विटीमा प्रतिफल ५.२८ प्रतिशतबाट बढेर ५.८९ प्रतिशत पुगेको छ ।

प्रतिसेयर नेटवर्थ १७५.०८ रुपैयाँ र मूल्य–आम्दानी अनुपात २१.२४ गुणा रहेको छ ।

हालसम्म सञ्चित नाफा ५१ करोड ६१ लाख रुपैयाँ भए पनि वितरणयोग्य नाफा ११ करोड ४५ लाख रुपैयाँ मात्र रहेको छ ।

यसले लाभांश क्षमता गत वर्षको ३.१७ प्रतिशतबाट घटेर १.९३ प्रतिशतमा झरेको देखिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *