काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र ग्रिन डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ।
नेप्सेमा ग्लोबल आइएमई लघुवित्तको ८ दशमलव ०३९६ प्रतिशतका दरले ४ लाख ५८ हजार १५ कित्ता सेयर र ग्रिन डेभलपमेन्ट बैंकको ४ दशमलव ७५ प्रतिशतका दरले २ लाख ९३ हजार ९७७ दशमलव ५२१४ कित्ता सेयर सूचीकृत भएको हो।
नेप्सेमा सूचीकृत बोनस सेयर आजदेखि दोस्रो बजारमा कारोबारयोग्य हुनेछ।
Artha Sanjal






