नेपाल पत्रकार महासंघको आग्रहमा निर्वाचन आयोगले निर्वाचनका दिन सूचना विभागबाट जारी भएको पत्रकार परिचयका आधारमा नै सवारी चलाउन पाउने व्यवस्था गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले महासंघको आग्रहअनुसार अब सूचना विभागले जारी गरेको पत्रकार परिचयपत्र भएकाले पास लिनु नपर्ने जानकारी दिए ।
परिचयपत्र नहुनेको हकमा सञ्चारगृहले सिफारिस गरेका आधारमा पास उपलब्ध हुने उनले बताए । रिपोर्टिङका लागि सबै पत्रकारले सहज पहुँच पाउनुपर्छ भनेर आयोगलाई महासंघले आग्रह गरेको थियो
Artha Sanjal






