गृहमन्त्रीको जिल्लामा बम विस्फोट, घटनास्थलमा भेटियो पर्चा

बुटवलको मिलनचोकमा बुधबार राति बम विस्फोट भएको छ । मिलनचोकको आकासे पुलनजिक कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा पर्चा भेटिएको छ । पर्चाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बम विस्फोटबाट कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ । बम विस्फोट भएको क्षेत्रमा अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *