नयाँ वर्षमा नेपाल टेलिकमको धमाकेदार अफर: ४९९ मा दैनिक ५ जीबी डेटा

काठमाडौं। नेपाल टेलिकम ले नयाँ वर्ष २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विशेष डेटा अफर सार्वजनिक गरेको छ।

कम्पनीले ‘न्यु इयर लाइट’ र ‘न्यु इयर प्रिमियम’ नामका दुई प्रकारका डेटा प्याकेज ल्याएको जनाएको छ।

‘न्यु इयर लाइट’ प्याकेजअन्तर्गत ४९९ रुपैयाँमा प्रतिदिन ५ जीबी डेटा उपलब्ध हुनेछ। तोकिएको सीमा सकिएपछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

यस्तै ‘न्यु इयर प्रिमियम’ प्याकेजअन्तर्गत ६९९ रुपैयाँमा प्रतिदिन १० जीबी डेटा पाइनेछ। १० जीबी सकिएपछि पनि ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिनेछ।

दुवै प्याकेजको अवधि ३० दिनको रहनेछ। कम्पनीका अनुसार चैत ३० गतेदेखि वैशाख २ गतेसम्म यी प्याकेज खरिद गर्न सकिनेछ। पोस्टपेड ग्राहकका लागि भने प्याकेज शुल्क मासिक रेन्टलमै समावेश हुने व्यवस्था गरिएको छ।

ग्राहकले यो अफर लिन मोबाइलबाट *१४१५# डायल गर्न सक्नेछन्। साथै नेपाल टेलिकम एप मार्फत पनि प्याकेज खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *