काठमाडौं। अमेरिका र इरानबीच बढ्दो युद्ध दुई साताको लागि रोकिएसँगै विश्व बजारमा पेट्रोलियम पदार्थको कच्चा पदार्थ क्रुड तेलको मूल्यमा भारी गिरावट आएको छ।
ट्रम्पको निर्णयसँगै इजरायल पनि आक्रमण रोक्न सहमत भएपछि विश्व बजारमा तेलको मूल्यमा गिरावट आएको हो।
क्रुड तेलको मूल्यमा १४ प्रतिशतले गिरावट आउँदै प्रतिब्यालेर ९५ अमेरिकी डलर कायम भएको छ।
युद्ध जारी हुँदै तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि रहँदै आएको थियो।
यस्तै, सुनको मूल्य उकालो लागेको छ। युद्ध रोकिएसँगै सुनको मूल्य १०० अमेरिकी डलरले बढेको छ।
युद्ध रोकिएपछि सुनको मूल्य प्रतिऔँस ४ हजार ८४० डलर पुगेको छ।
मध्यपूर्व युद्धका बीच विश्व बजारमा सुनको मूल्य घटेर ४ हजार ४०० प्रतिऔँससम्म पुगेको थियो।
Artha Sanjal






