काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता लालबाबु पण्डितले पार्टी अध्यक्ष केपी शर्मा ओली को पक्राउलाई प्रतिशोधको राजनीति भन्दै कडा आलोचना गरेका छन्।
शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले पूर्वप्रधानमन्त्रीलाई पक्राउ गर्नुले देशमा गलत नजिर स्थापित हुने चेतावनी दिए। यस्तो अभ्यासले भविष्यमा सरकार परिवर्तन भएसँगै पूर्वप्रधानमन्त्री र गृहमन्त्रीहरूलाई पक्राउ गर्ने परम्परा चलिरहेने उनको भनाई।
पण्डितले राजनीतिक संवादमार्फत समस्याको समाधान खोज्नुपर्ने समयमा सरकारले प्रतिशोधको बाटो रोजेको आरोप लगाए। सुशासनको नाममा दमन र पूर्वाग्रहपूर्ण निर्णय लिइएको भन्दै उनले वर्तमान सरकारप्रति असन्तुष्टि व्यक्त गरे।
जनताले शान्ति, स्थिरता, सुशासन र विकास चाहिरहेको अवस्थामा सरकारले त्यसको विपरीत कदम चालेको उनको भनाइ छ। यस्तो प्रवृत्तिले देशलाई द्वन्द्वतर्फ धकेल्ने भन्दै उनले सरकारको निर्णयप्रति घोर विरोध जनाएका छन्






