ओली र लेखकलाई आइतबार अदालतमा उपस्थित गराइने

काठमाडौँ ।  नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई आइतबार अदालतमा उपस्थित गरिने भएको छ ।

शनिबार सार्वजनिक बिदा भएकाले उनीहरूलाई हिरासतमा राख्दै थप अनुसन्धानका लागि अनुमति माग गर्न आइतबार अदालतमा पेस गर्ने तयारी प्रहरीको छ । यस प्रक्रिया अन्तर्गत उनीहरूलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ हुँदै जिल्ला अदालत काठमाडौँमा लगिनेछ ।

कानुनी प्रावधानअनुसार प्रहरीले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई अधिकतम २४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने व्यवस्था छ । तर त्यसका लागि जिल्ला अदालतबाट अनुमति लिनु आवश्यक पर्नेछ, जसका लागि आइतबार पेशी तोकिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *