भोलिको केन्द्रीय समिति बैठक गगन थापाकै सभापतित्वमा बस्ने

काठमाडाैं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने बताए ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले बताए ।

गत शुक्रबारदेखि आइतबारसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृत गरेको थियो। सभापति थापाको राजीनामापछि उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले फागुन २१ को चुनावी पराजयको प्रारम्भीक समीक्षा गरेको थियो।

भोलि सभापति थापाकै सभापतित्वमा बैठक बस्ने जनाइएको छ। भोलि बस्ने बैठकले कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिका ल्याउने तयारी भइरहेको नेताहरूले बताएका छन्।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *