काठमाडौं । आज शेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ५.०१ अंकले बढेर २९३६.५६ को विन्दुमा बन्द भएको छ ।
आज ३४२ कम्पनीको शेयर किनबेच हुँदा १५ अर्ब ७८ करोड माथिको शेयर कारोबार भएको हो । आज १०२ कम्पनीको शेयर मूल्य बढेको छ भने १५४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको ६७ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ६० करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको ५७ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सालपा विकास बैंक, रिलायन्स स्पीनिङ मिल्स, सोलु हाइड्रो र भुजुङ हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै सनराइज फर्स्ट म्युचुअल फन्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ३.७१ प्रतिशतका दरले गुमाएका हुन् ।






