कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, केन्द्रीय कार्यसमिति बैठकले के गर्ला?

काठमाडौं : गगन थापा ले प्रतिनिधिसभा निर्वाचनमा पराजयपछि नैतिक जिम्मेवारी लिँदै सभापति पदबाट राजीनामा दिएका छन्।

उनले उपसभापति विश्वप्रकाश शर्मा लाई राजीनामा बुझाएको बताइए पनि पार्टीले औपचारिक पुष्टि गरेको छैन।

राजीनामाबारे चैत ६ मा बस्ने केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुने जनाइएको छ। राजीनामा स्वीकृत गर्ने वा नगर्ने निर्णय भने बैठकले गर्नेछ।

निर्वाचनमा कमजोर प्रदर्शनपछि पार्टीभित्र दबाब बढ्दै गएको थियो। शेरबहादुर देउवा समूहले समेत नेतृत्व परिवर्तनको माग गर्दै आएको छ।

कांग्रेसले हालै सम्पन्न निर्वाचनमा सीमित सिट मात्रै जितेपछि नेतृत्वमाथि प्रश्न उठेको छ।

बैठकमा चुनावी समीक्षा, समसामयिक राजनीति र आगामी रणनीतिबारे पनि छलफल हुने जनाइएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *