अदालतको अवहेलना मुद्दामा एमाले सचिव महेश बस्नेतसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतसँग अदालतको अवहेलना मुद्दामा लिखित जवाफ माग्ने आदेश दिएको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले बस्नेतसँग अदालतको अवहेलना मुद्दामा लिखित जवाफ माग्ने आदेश दिएको हो ।

अधिवक्ता लबन न्यौपानेले बस्नेतविरुद्ध गत बुधवार सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दायर गरेका हुन् । सर्वोच्च अदालतका न्यायाधीशलाई लक्षित गर्दै अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा केन्द्रित रहेर अभिव्यक्ति दिएको भन्दै अदालतको अवहेलना मुद्दा दायर भएको थियो ।

प्रेस चौतारी नेपालले माघ ११ गते गरेको कार्यक्रममा बस्नेतले ‘प्रधानन्यायाधीश लगायतका न्यायाधीश ज्यूहरू लाग्दै नलागेको रोग लागेर गायब हुने, न्यायिक प्रक्रिया आतङ्कित भएर, डराएर अथवा लोभ प्रलोभनमा परेर अथवा हस्तक्षेप भएर प्रक्रिया ढिला गर्ने, न्याय नदिने, दबाबमा पर्ने, भोलि महाअभियोग आउला भन्ने अथवा राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिको सामु डराउने, प्रधानन्यायाधीश लगायतका न्यायाधीशज्यूहरू फोन अफ गर्ने, पन्छिने’ भनी अभिव्यक्ति दिएको रिट निवेदनमा उल्लेख छ ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *