काठमाडौं। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालेनसहित रास्वपालाई हालैको आमनिर्वाचनमा प्राप्त उल्लेखनीय सफलताका लागि बधाइ दिएका छन्।
रास्वपाका नेताद्वयलाई दिएको बधाइ सन्देशमा प्रधानमन्त्री शरिफले उक्त जनादेश नेपाली जनताले नयाँ तथा गतिशील नेतृत्वप्रति देखाएको विश्वासको प्रतिविम्ब भएको उल्लेख गरेका छन्।
सन्देशमा उनले पाकिस्तान र नेपालबीचको ऐतिहासिक मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउन नवनिर्वाचित नेपाल सरकारसँग नजिकबाट सहकार्य गर्न पाकिस्तान इच्छुक रहेको उल्लेख गरेको काठमाडौंस्थित पाकिस्तानी दूतावासले जनाएको छ।
Artha Sanjal






